विश्वकप फुटबल विजेताले कति पाउँछन् नगद पुरस्कार ?

काठमाडौं । विश्वका फुटबल प्रेमीले कुरिरहेको विश्वकप फुटबल आउन अब तीन दिनमात्रै बाँकी छ । अर्थात् मंसिर ५ मा कतारमा यो कुम्भमेला सुरु हुनेछ । विश्व फुटबलका धेरै सर्वोत्कृष्ट खेलाडीको जमघट, असीमित पैसा खोलोले मात्रै होइन भावनात्मक रुपमा पनि विश्वकपको उत्तिकै महत्व रहेको छ ।
प्रतियोगिता भन्नेवित्तिकै विश्वकप उपाधि जित्ने टिमले कति पुरस्कार जित्छन् भन्नेमा पनि उत्तिकै चासो छ । फिफाले चार–चार वर्षमा आयोजना गर्ने यो प्रतियोगितामा पैसाको खोलो नै बगेको हुन्छ । विश्वकपमा ३२ देश ८ समूहमा विभाजित छन् ।
उपाधि जित्ने टोलीले ४२ मिलियन डलर त नगद पुरस्कार नै पाउँछन् । जुन पछिल्लो डलरको सटही दरमा ५ अर्ब ४७ करोड एक लाख ५४ हजार चार सय नेपाली रुपैयाँ हुन आउँछ । जुन नगद पुरस्कार कुनै प्रतियोगितामा पाउनेमध्येको धेरै हो । युरोकप फुटबल विजेताले पनि ३४ मिलियन युरो पाउँछन् । तर विश्वभरका ५ अर्ब मानिसहरूले हेर्ने विश्वकपको महत्व धेरै छ । यससँग जोडिएको अर्थतन्त्र पनि उत्तिकै फराकिलो र ठूलो रहेको छ ।
फिफाले कतार विश्वकपको लागि भने ४४ करोड डलर छुट्याएको छ । जसमा विजेताले ४२ मिलियन डलर पाउने हुन् । अरु खर्च टिम, खेलाडी, खेलाडी सहभागी क्लबसहितले पाउँछन् । यसमा पनि फिफाले उत्तिकै खर्च गर्ने गर्छ ।
खेलाडी सहभागी भएका विभिन्न क्लबलाई मात्रै फिफाले २० करोड डलर खर्चिन्छ । जुन ठूलो रमकबाट ६१ देशका ४६१ क्लबसमेत लाभान्वित हुनेछन् ।
टिममा एउटा देशबाट २६ जना खेलाडी सहभागी हुन्छन् । उनीहरू प्रत्येकलाई समेत फिफाले ३ लाख ७० हजार डलर दिन्छ । यतिमात्रै होइन विश्वकपमा सहभागी हुने देशले समेत फिफाबाट आर्थिक सहयोग पाउँछन् ।
खेलाडी, अन्य स्टाफहरूको यातायात, खानेबस्नेसहितका सबै खर्च फिफाले बेहोर्छ ।
के हो फिफाको स्रोत ?
विश्वकपका लागि फिफाले असीमित खर्च त खर्च नै । उसले विश्वकप फुटबल प्रत्यक्ष प्रसारणको अनुमतिका लागि धेरै पैसा लिनेगर्छ । यो नै फिफाको सबैभन्दा ठूलो आम्दानी हो । विज्ञापन र टिकटबाट पनि फिफाले मनग्य आम्दानी गर्नेगर्छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया