मोरङमा झडप, तीन घाइते, एकको अवस्था गम्भीर
काठमाडौं । मोरङमा दुई पक्षबीच झडप हँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
उर्लाबारीको कफी सपमा गएराति दुई पक्षबीच झडप भएको हो ।
घटनामा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । यीमध्ये तामाङ गम्भीर छन् । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोडमा भर्ना गरिएको छ ।
दुई समूहबीच पुरानो रिसिइबी रहेको र त्यही कारण झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया