मोरङमा झडप, तीन घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । मोरङमा दुई पक्षबीच झडप हँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
उर्लाबारीको कफी सपमा गएराति दुई पक्षबीच झडप भएको हो ।
घटनामा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । यीमध्ये तामाङ गम्भीर छन् । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोडमा भर्ना गरिएको छ ।
दुई समूहबीच पुरानो रिसिइबी रहेको र त्यही कारण झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया