NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

जब रवि आफैंले दुई मतपत्रमा स्वस्तिक छाप लगाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले काठमाडौंबाट मतदान गरेका छन् ।

लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् ।

यो निर्वाचनमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक गरी चार मतपत्र छन् । तर रविले प्रतिनिधिसभाका दुई मतपत्रमा मात्र छाप हानेर बाँकी दुई खाली राखे ।

प्रदेशतर्फ आफ्नो दलको उम्मेदवार नभएकाले लामिछानेले मतपत्रमा छाप नलगाएका हुन् । प्रदेशको औचित्यमाथि प्रश्न उठाउँदै रविको दलले प्रदेशमा कही पनि उम्मेदवार उठाएको छैन ।

लामिछाने यो निर्वाचनमा चितवनबाट उम्मेदवार छन् । काठमाडौंमा मतदाता नामावली रहेकाले उनले आफूले आफैंलाई मत हाल्न पाएनन् ।