जब रवि आफैंले दुई मतपत्रमा स्वस्तिक छाप लगाएनन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले काठमाडौंबाट मतदान गरेका छन् ।
लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् ।
यो निर्वाचनमा प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक गरी चार मतपत्र छन् । तर रविले प्रतिनिधिसभाका दुई मतपत्रमा मात्र छाप हानेर बाँकी दुई खाली राखे ।
प्रदेशतर्फ आफ्नो दलको उम्मेदवार नभएकाले लामिछानेले मतपत्रमा छाप नलगाएका हुन् । प्रदेशको औचित्यमाथि प्रश्न उठाउँदै रविको दलले प्रदेशमा कही पनि उम्मेदवार उठाएको छैन ।
लामिछाने यो निर्वाचनमा चितवनबाट उम्मेदवार छन् । काठमाडौंमा मतदाता नामावली रहेकाले उनले आफूले आफैंलाई मत हाल्न पाएनन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया