NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कांग्रेस महामन्त्री थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

यसैगरी कांग्रेसका नेता एवं क्षेत्र १का उम्मेदवार प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल मतदान केन्द्रबाट मतदान गरेका छन् ।