कांग्रेस सदस्य डा. कोइरालाले गरे मतदान
मोरङ । मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर-७ मा आज बिहान मतदान गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उनले मतदान गरेका हुन् ।
यसैगरी मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको मतदानस्थलमा मतदान गरे ।
एमालेका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर–५ कोचाखालस्थित श्री आधारभूत विद्यालयमा मतदान गरेका छन् । मोरङ क्षेत्र नं ४ ‘ख’बाट प्रदेशसभाका उम्मेदवार जीवन घिमिरेले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरे ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया