दोलाखामा गोली चल्यो, मतदान स्थगित
काठमाडौं । दोलाखास्थित तामाकोशी गाउँपालिकाको एक मतदान केन्द्रमा गोली चलेको छ ।
मतदानको क्रममा दलका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले त्यहाँ एक राउण्ड हवाइ फायर गरेको हो ।
एकपटकमा २०–२५ जनालाईमात्रै मतदान गर्न दिने भनिएकोमा कार्यकर्ताले हुलहुज्ज्त गरेर मत प्रभावित पार्न खोजेका थिए ।
अवस्था तनावग्रस्त भएपछि अहिले मतदान स्थगित गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया