रोकिएका ठाउँमा मतदान सुरू

काठमाडौं । विहानदेखि विभिन्न ठाउँमा झडप तथा विस्फोटलगायत कार्यका कारण रोकिएको मतदान पुनः सुचारू भएको निर्वाचन आयोगले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिगराम शर्माले स्थगित गरिएका अधिकांश ठाउँमा मतदान सुचारू भइसकेको जनाकारी दिएका हुन् ।
केही ठाउँमा भने दलहरूबीच छलफल भइरहेको उनले बताए । केही ठाउँमा मपतपेटिका खोस्ने प्रयास त केहीमा बम विस्फोट भएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।
त्यस्तै, आयोगको अनुमतिबिना मतदान स्थगित नगर्न पनि निर्देशन दिएका छन् ।
प्रतिक्रिया