विश्वकप फुटबल प्रतियोगिता आजदेखि, ३२ राष्ट्र प्रतिस्पर्धामा

काठमाडाैं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।
उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उदटन समारोह हुनेछ ।
आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।
त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् ।
समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया