ललितपुरमा १ बजेसम्म ३६.१३ प्रतिशत मतदान
काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ ।
‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो, “निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।’
उनका अनुसार जिल्लाको एउटा मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ । ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया