नेपाली समयअनुसार विश्वकप फुटबलको खेल तालिका यस्तो छ, कुन–कुन टिम भिड्दैछन् ?
काठमाडौं । विश्वकप फुटबलको महासंग्राम आज रातिदेखि सुरु हुँदैछ । विश्वकै सबैभन्दा प्रतिष्ठित र चर्चित खेल मेला यसपटक मध्य एसियाली देश कतारमा सुरु हुन लागेको हो । नेपाली समय अनुसार आज राति पौने १० बजे यो महासंग्राम सुरु हुनेछ ।
पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुँदैछन् । यी दुवै टोली समूह एमा छन् । उद्घाटन खेल ६० हजार दर्शकको क्षमता रहेको बायत स्टेडियममा हुँदैछ । ८ समूह प्रत्येकमा चारचार टोली छन् । प्रत्येक समूहबाट शीर्ष दुईदुई टोली अन्तिम १६ मा जानेछन् भने १६ टोली घर फर्किनेछन् । प्रतियाेगितामा समूह चरणमा ४८ र नकआउट चरणमा १६ गरी ६४ खेल हुनेछन् । प्रत्येक समूहमा समूह चरणका ६ खेल हुन्छन् ।
२१ संस्करणमा कसले जिते ?
२१ वटा संस्करणसम्म आइपुग्दा ८ वटा देशले मात्रै विश्वकप जितेका छन् । ब्राजिलले ५ पटक, जर्मनी र इटालीले चारचारपटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २\२ पटक, स्पेन र इंग्ल्यान्न्डले एकएकपटक विश्वकप जितेका छन् ।
यसपटक को छन् दाबेदार ?
यसपटक पनि पहिले जस्तै ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड मुख्य दाबेदार छन् । पोर्चुगल, बेल्जियम र नेदरल्यान्डस्लाई पनि यसपटक दाबेदारमा राखिएको छ ।
कुन समूहमा कुन टोली छन् ?
समूह ए
कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्डस्
समूह बी
इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स
समूह सी
अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह डी
फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया
ग्रुप इ
स्पेन, कोस्टारिका, जर्मनी र जापान
समूह एफ
बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
ग्रुप जी
ब्राजिल, सर्विया, स्वीटजरयान्ड र क्यामरुन
समूह एच
पोर्चुगल, घाना, उरुग्वे, साउथ कोरिया
यस्तो छ खेलतालिका : नेपाली समयअनुसार

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया