ललितपुर–२ मा एमालेको अग्रता, पछिपछि लौरो र कलम
काठमाडौं । ललितपुर क्षेत्र नं. २ को मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेले अग्रता कायम गरेको छ । उसलाई लौरो चुनाव चिह्न लिएर उठेका हाम्रो नेपाली पार्टीका उम्मेदवारले नजिकबाट चुनौती दिइरहेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ हासिल गर्दा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन यहाँ तेस्रो छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चौथो स्थानमा छन् । उनीहरूले क्रमशः ८७७ र ७९० मत प्राप्त गरेका छन् । राप्रपाका रघुवर राज थापाको ६७६ मत छ ।
मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया