गुल्मी-१ मा स्थगित मतदान मंगलबार हुने
काठमाडौं । गुल्मी-१ को एक केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अदलबदल भएपछि स्थगित मतदान मंगलबार हुने भएको छ ।
कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा स्थगित मतदान मंगलबार हुने भएको हो ।
निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन स्थगित भएको थियो ।
त्यस केन्द्रमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । गुल्मी–१ एमालेका प्रदीपकुमार ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया