काठमाडौँ–४ मा थापाको अग्रता
काठमाडौं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ ।
आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले ६६८ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा (एमाले) का राजन भट्टराईले ६३३ मत ल्याएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा ठाकुर मोहन श्रेष्ठले ६५ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गरेका छन् भने ३८ मत बदर भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया