रसुवामा मतगणनाको तयारी
रसुवा । रसुवा जिल्लामा पनि मतगणनाको तयारी गरिएको छ । रसुवा जिल्लाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउँदै गरिएको र सो मतपेटिका आएपछि गणना सुरु हुने जानकारी दिए ।
लाङटाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सम्भव नभएपछि पैदलै ल्याउन थालिएको र आज साँझसम्म ल्याएर गणना सुरु गरिने उनले बताए ।
सर्वदलीय बैठक सम्पन्न भइसकेकाले मतपेटिका आउने बित्तिकै गणना सुरु गर्ने तयारी गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न दलका सात र स्वतन्त्रतर्फ तीन गरी दश उम्मेदवार छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया