रसुवामा मतगणनाको तयारी
रसुवा । रसुवा जिल्लामा पनि मतगणनाको तयारी गरिएको छ । रसुवा जिल्लाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउँदै गरिएको र सो मतपेटिका आएपछि गणना सुरु हुने जानकारी दिए ।
लाङटाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सम्भव नभएपछि पैदलै ल्याउन थालिएको र आज साँझसम्म ल्याएर गणना सुरु गरिने उनले बताए ।
सर्वदलीय बैठक सम्पन्न भइसकेकाले मतपेटिका आउने बित्तिकै गणना सुरु गर्ने तयारी गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न दलका सात र स्वतन्त्रतर्फ तीन गरी दश उम्मेदवार छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया