विश्वकपमा आज हुँदैछन् यी चार खेल
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल –२०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को समान दुई दुई खेल हुनेछन् ।
पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजेदेखि सुरुआत हुनेछ ।
यसैगरी, तेस्रो खेलमा समूह ‘सि’मा रहेको पोल्याण्ड र मेक्सिको भिडनेछ्न । उक्त खेल राति ९ः४५ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने चौथो तथा अन्तिम खेलमा समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया