सुर्खेतको सिम्तामा पुन : मतदान जारी
सुर्खेत । मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान जारी रहेको छ ।
सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।
सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो ।
स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता संख्या रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया