बर्दियामा नागरिक उन्मुक्ति पार्टीको अग्रता
काठमाडौं । बर्दियाको दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुिक्त पार्टीले अग्रता कायम राखेको छ । बर्दिया १ मा ठाकुर सिंह थारु र बर्दिया २ मा लालवीर चौधरीले अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा थारुले छ हजार दुई सय मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सञ्जय गौतमले पाँच हजार तीन सय ४६ मत प्राप्त भएको छ ।
त्यसैगरी नेकपा (एमाले) का लक्ष्मण ज्ञावलीले चार हजार ४० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल बारबर्दिया नगरपालिकाको मतगणना भइरहेको छ ।
क्षेत्र नं २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार लालवीर चौधरी अग्रपङ्तिमा देखिएका छन् । उनले १६ हजार चार सय ५८ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी) का सुरेश पन्थले १० हजार आठ सय ९३ र नेकपा एमालेका पङ्कजसिंह राठौरले ६ हजार पाँच सय ५५ मत ल्याएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया