NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चितवन २ : रविले लिए पहिलो पटक अग्रता

काठमाडौं । चितवन क्षेत्र नं. २ को जारी मतगणनामा सुरुदेखि नै पछि पर्दै आएका रवि लामिछानेले पहिलो पटक अग्रता लिएका छन् ।

रविले आफ्नो मत संख्या बढाउँदा यसअघि लिड गरेका एमाले उम्मेदवार दोस्रोमा झरेका छन् भने कांग्रेस तेस्रो स्थानमा छ । भर्खरै प्राप्त ताजा मत परिणाममा लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन् ।

एमालेका कृष्णभक्तले ३ हजार ८६९ र कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत हासिल गरेका छन् । त्यहाँ अहिले मतगणना जारी छ ।