NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गोकुल बाँस्कोटाले घटाए मतान्तर

काठमाडौं । पूर्व सञ्चार मन्त्री एवं काभ्रे क्षेत्र नं २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटा जारी मतगणनामा मतान्तर घटाउन असफल भएका छन् । सुरुदेखि नै कांग्रेसका उम्मेदवारभन्दा तल पर्दै आएका बाँस्कोटा पछिल्लो परिणाममा ९८५ मतले पछि परेका छन् ।

यसअघि उनी झण्डै एक हजार तीन सयकाे मतान्तरले पछि थिए ।

भर्खरै प्राप्त विवरणअनुसार त्यहाँ कांग्रेसका शिव हुमागाईंले आफ्नो अग्रता यथावत् राख्दै ६ हजार ३१२ मत हासिल गर्दा बाँस्कोटा ५ हजार ३२७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं पनि प्रतिस्पर्धामा छन् । उनले हालसम्म १ हजार ११३ मत हासिल गरेका छन् ।