विश्वकप दाबेदार अर्जेन्टिनाको स्तब्धपूर्ण पराजय
काठमाडौं । कतार विश्वकपमा दाबेदार मानिएको अर्जेन्टिनाले पहिलो खेलमै स्तब्धपूर्ण पराजय बेहोरेको छ । समूह सीमा कमजोर मानिएको साउदी अरेबियासँग अर्जेन्टिनाले स्तब्धपूर्ण पराजय बेहारेको हो ।
खेलमा १–० गोलको अग्रता लिनुको बाबजुद अर्जेन्टिनाले साउदीसँग २–१ गोलको पराजय बेहोरेको हो ।
१० औं मिनेटमा मेसीले पेनाल्टी गोलमा टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा अर्जेन्टिनाले लगातार दुई गोल खाएपछि खेलमा फर्कन नसकेको हो ।
४८ र ५३ औं मिनेटमा अर्जेन्टिनाले गोल खाएको हो । ४८ औं मिनेटमा सालेह अल सेहरी अर्जेन्टिनाको रक्षापंक्तिलाई जिल्याउँदै बराबरी गोल गरे । ५३ औं मिनेटमा सालेम अल दसारीले अर्जेन्टिनाविरुद्ध अर्को गोल गरे । अन्ततः यही गोल नै अर्जेन्टिनालाई पराजित गर्न निर्णायक बनिदियो ।
पहिलो हाफमा अर्जेन्टिनाले गरेका तीनवटै गोल अफसाइड भएका थिए । खेलमा सुरूवातदेखि अर्जेन्टिना हाैसिएकाे थियाे तर खेलमा नियन्त्रण राख्न भने असफल हुन पुग्याे ।
यसैबीच अर्जेन्टिनाको लगातार ३६ खेलको पराजयविहीन यात्रालाई पनि साउदीले टुंग्याइदिएको हो ।
पहिलो हाफमा आत्मविश्वासी देखिएको अर्जेन्टिना दोस्रो हाफमा लागतार दुई गोल खान पुगेपछि अत्तालिएको थियो । अन्तिमसम्मै गोल फर्काउन कोशिश गरे पनि सफल हुन सकेन । जसले उसलाई पहिलो खेलमा दुखद् पराजय नतिजा हात लागेको हो ।
अब बाँकी मेक्सिको र पोल्यान्डविरुद्ध जितेमात्रै अर्जेन्टिनालाई अन्तिम १६ मा जान बाटो खुल्नेछ
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया