पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

काठमाडौं । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित भएका छन् । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन् ।
६२ हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा कांग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
उनले प्रदेशसभातर्फ ४ ९१० मा शङ्करप्रसाद चौधरी र ९२० मा जसपाका उम्मेदवार सिंघासन साह कलवार निर्वाचित भएको बताए । एमालेका उम्मेदवार जयप्रकाश थारूलाई एक हजार सात सय १६ मतान्तरले पराजित गर्दै शङ्कर चौधरी दोस्रोपटक निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले उम्मेदवारले १० हजार चार सय ३८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार चौधरीले १२ हजार एक सय ५४ मत प्राप्त गरी विजयी भएकाे मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
उनले क्षेत्र नं ४९२० मा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुलाई दुई हजार सात सय ४५ मतान्तरले पराजित गर्दै सिंघासन साह कलवार दोस्रोपटक निर्वाचित भएको बताए।
७९ हजार मतगणना गर्दा कानुले १२ हजार ६४० मत प्राप्त गर्दा कलवारले १५ हजार तीन सय ८५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया