NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नवलपरासी –२ को दुवै प्रदेशमा एमाले विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) –२ को दुवै प्रदेशमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन् ।

यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी ९२० मा पाण्डेले १८ हजार आठ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छ ।