गोकुल बाँस्कोटाले घटाए मतान्तर
काठमाडौं । मतगणनामा निरन्तर पछाडि पर्दै आएका काभ्रे क्षेत्र नं. २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटाले अवस्था सुधारेका छन् । उनी अब कांग्रेसका उम्मेदवारभन्दा मात्रै १०८ मतले पछाडि छन् ।
कांग्रेसका उम्मेदवार शिव हुमागाईं १२ हजार ५९३ मतसहित अग्रता बनाइरहँदा बाँस्कोटा १२ हजार ४८५ मतका साथ पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं तेस्रो स्थानमा छन् । उनले हालसम्म ४ हजार ६९६ मत बटुलेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया