NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३२ गते

मकवानपुर १ मा डिनाको अग्रता कायमै

काठमाडौं । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले दुई हजार ९६५ मतले अग्रता हासिल गरेकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १४ हजार २०९ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का कमल थापाले ११ हजार दुई सय ४४ मत प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ८ हजार पाँच सय ४३ मत प्राप्त गरेका छन् ।  सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जम्मा ४३ हजार दुई सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।