फिफा विश्वकप फुटबल : बेल्जियमद्वारा क्यानडा पराजित

काठमाडौं । बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ ।
कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो ।
मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि निर्णायक गोल सावित भयो । उनले खेलको ४४ औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् ।
त्यसअघि खेलको ११ औँ मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो ।
जितसँगै समूह ‘एफ’ को बेल्जियमले तीन अङ्क जोडेको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया