दाङ २ बाट शंकर पोखरेल हारे, रेखा शर्मा विजयी

काठमाडाैं । दाङ क्षेत्र नंबर २ मा माओवादी उम्मेदवार रेखा शर्माले जित हात परेकी छिन् । उनले एमाले महासचिवसमेत रहेका शंकर पोखरेललाई १९८ मतले पराजित गर्दै विजयी भएकी हुन् ।
मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
यसअघिको निर्वाचनमा शर्मा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
प्रतिक्रिया