रविको मतान्तर एमाले अध्यक्ष ओलीको भन्दा धेरै
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । चुनावअघि विभिन्न समारोह तथा अन्तर्वार्तामा राष्ट्रिय स्वन्तन्त्र पार्टी तथा कुनै पनि स्वतन्त्रका उम्मेदवारले एक सिट पनि नजित्ने दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईलाई हालको नतिजाले परास्त पारेको छ ।
रास्वपाका सभापति रवि लामिछाने ओलीको भन्दा भारी मतान्तरसहित विजयी भएका छन् ।
रास्वपाले ल्याउन सक्ने सम्भावित नतिजाबारे विश्वास गर्नै नचाहने प्रमुख पात्र थिए एमाले अध्यक्ष ओली । बुधबारसम्मको निर्वाचन मतपरिणामअनुसार आफ्ना निकटतम प्रतिस्पर्धीको तुलनाम सबैभन्दा भारी मतान्तरले विजयी हुने ओली नै थिए ।
तर, आज विहानको नयाँ नतिजाले उनको यो रेकर्डलाई रास्वपाका सभापति रवि लामिछानेले तोडिदिएका छन् ।
ओलीले झपा ५ बाट आफ्ना निकटतम प्रतिस्पर्धी खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७३ मतले पछाडि पारेका थिए । उनले कुल ५२ हजार ३१९ मत प्राप्त गरेर प्रतिनिधिसभा सांसद चुनिए । यता लामिछानेले ३४ हजार १६२को अझ फराकिलो मतान्तरले जितेका छन् ।
उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई उक्त मतान्तरले पछि पारेका हुन् । रविले कुल ४९ हजार २३१ मत प्राप्त गरेका छन्।
केही महिनाअघिमात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको उल्लेख्य नतिजाले आगामी सरकार समिकरण कस्तो बन्ला भन्ने धेरैको कौतुहुला छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया