संसदमा नदेखिने भए ओलीका अर्का यी विश्वास पात्र पनि
काठमाडौं । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।
किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राई २६ हजार एक सय ९३ मतमा रोकिए ।
शेरधन एमाले अध्यक्ष ओलीका विश्वासपात्र हुन् । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनको हारसँगै संसदीय यात्रामा ब्रेक लागेको छ ।
यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया