NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

बाँके–१ को (१) बाट माओवादीका केसी निर्वाचित

काठमाडौं । बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र) का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छन् ।

उनी एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

केसीले नौ हजार एक सय तीन मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका राप्रपाका नरेन्द्रकुमार पौडेलले सात हजार दुई सय ५८ मत पाएका छन् ।

सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का अम्बरबहादुर खड्काले तीन हजार सात सय छ मत ल्याएका छन् ।

माओवादी नेतृ केसी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष