यो जीत अग्रगामी जनताको हो : अर्थमन्त्री शर्मा

रूकुम । रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् ।
निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिँदै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताएका छन् । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरेका छन् ।
निर्वाचनमा अमूल्य दिने मतदाता, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा प्रमुखसहित समस्त राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी, देश–विदेशमा रहनुहुने शुभचिन्तकलाई उहाँले धन्यवाद तथा आभार प्रकट गरेका छन् । यसका साथै प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका साथै गठबन्धन नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया