बर्दिया–१ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
काठमाडौं । बर्दिया क्षेत्र नं. १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन् । उनी १३ हजार दुई सय ३० मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरे ।
चौधरी एक हजार ४७ मत अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, बर्दियाले जनाएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका अञ्जु दहितले ११ हजार चार सय ९० मत पाइन् । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख हुन् ।
बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१) का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१) मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२) मा विजयी भएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया