NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

काभ्रे २ बाट गोकुल बाँस्कोटा ६ हजार बढी मतान्तरले विजयी

काठमाडौं । काभ्रे क्षेत्र नं २ बाट एमालेका उम्मेदवार रहेका गोकुल बाँस्कोटा प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिव हुमगाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका छन् ।
बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए ।

बाँस्कोटा ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काभ्रेको यही क्षेत्रबाट निर्वाचित भएका थिए । ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका बाँस्कोटा ७० करोड घुस बार्गेनिङ काण्डको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएर बहिर्गमन रोजेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष