गुल्मी १ बाट प्रदीप ज्ञवाली पराजित, भण्डारी निर्वाचित
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रदीप ज्ञवाली पराजित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार चन्द्र घण्डारीसँग एक हजार ५९२ मतान्तरले हारेका हुन् ।
ज्ञवालीले ३२ हजार १५२ मत ल्याउँदा भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरे ।
यसअघिको निर्वाचमा उक्त क्षेत्रबाट ज्ञवाली भण्डारीलाई पराजित गर्दै प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए । उनीहरू दुईबीच ०६४ सालदेखि नै चुनावी प्रतिस्पर्धा हुँदै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया