NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

बाँके १ (२) बाट एमालेका चौधरी निर्वाचित

बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी निर्वाचित भएका छन् ।

उनले ११ हजार तीन सय ७५ मत पाएर निर्वाचित भएकाे सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १० हजार दुई सय ७५ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले सात हजार नौ सय ६६ मत प्राप्त गर्दा जसपाका लालबहादुर शाहले तीन सय ६५ मत पाएका छन् ।

कूल खसेको २७ हजार नौ सय ७० मतमध्ये एक हजार तीन सय ११ मत बदर भएको थियो भने २६ हजार पाँच सय ५९ मत सदर भएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष