कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरी विजयी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर(२ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् ।
चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरेका छन् ।
चौधरी एमालेका उम्मेदार रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजजी भएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए ।
गठबन्धनका साझा उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत प्राप्त गरेको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । यस्तै राप्रपाका भरतसिंह विसीले दुई हजार सात सय ८४ मत प्राप्त गरेका छन् । एक लाख चार हजार नौ सय छ मतदाता रहेको यस क्षेत्रमा ६० हजार तीन सय ७४ मत खसेको थियो । तीन हजार छ सय ६४ मत बदर भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार चार सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार छ सय ६५ मतका साथ यसअघिनै विजयी भइसकेका छन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया