राष्ट्रको हितका लागि गठबन्धन गर्छौं– लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सांसद रवि लामिछानेले राष्ट्रहितका लागि आवश्यक परेको खण्डमा गठबन्धनका लागि तयार रहेको बताएका छन् ।
चितनवमा आज आयोजित सभामा उनले मतदातालाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीले चुनावमा गठबन्धन नगरेको तर भोलिका दिनम देश र नागरिकको हितका दागि आवश्यक भएमा गठबन्धन आवश्यक हुने उनले बताए ।
‘चुनावका दिनमा कुनै पनि दलसँग गठबन्धन गरेनौं र भोलिका दिनमा देश र नागरिका हितका लागि आवश्यक भएमा गठबन्धन आवश्यक हुन्छ,’ उनले भने, ‘जनजीवनलाई उचाईमा लैजानुपरेको खण्डमा गठबन्धन गर्न हामी सधैं तयार छौ ।’
उनी नेतृत्वको पार्टीले राष्ट्रिय पार्टीको हैसियत बनाइसकेपछि अबको सत्ता समिकरण कस्तो होला, रास्वपाले गठबन्धन गरेर सत्तामा जान्छ कि जाँदैन भन्नेबारे आम मानिसको कौतुहुलता छ ।
यो जिज्ञासालाई चिर्दै उनले परिआएको खण्डमा दलसँग गठबन्धन गरेर सरकारमा जान सक्ने संकेत गरेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया