पूर्वसञ्चार मन्त्रीले पूर्व उपसभामुख हराए
काठमाडौं । पूर्वउपसभामुख चित्रलेखा यादव पराजित भएकी छन् । सिरहा–२ बाट कांग्रेस उम्मेदवार रहेकी यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले परास्त गरेका हुन् ।
यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
निर्वाचन आयोगका अनुसार, राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया