NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

ओलीका अर्का विश्वास पात्रको संसदीय यात्रामा पनि लाग्यो ब्रेक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेता गत आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । यही श्रृंखलामा अर्का नेता भानुभक्त ढकाल पनि पराजित भएका छन् ।

मोरङ क्षेत्र नं ३ बाट प्रतिस्पर्धामा उत्रिएका ढकाल नेपाली कांग्रेसका डा. सुनील शर्मासँग पराजित भएका हुन् ।

सत्तागठबन्धनका साझा उम्मेदवार शर्मा ४८ हजार ६१३ मतका साथ विजयी हुँदा ढकाल २५ हजार आठ सय ९७ मतमा रोकिए ।

उनीहरूबीचको मतान्तर २२ हजार ७१६ रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष