चुनावमा हेलिएकी रेखाले कति ल्याइन् मत ?
काठमाडौं । गत आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्ति होमिएका थिए । त्यसमध्ये एक थिइन्, नेपाली सिने क्षेत्रकी स्थापित नायिका रेखा थापा ।
थापा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट मोरङ–३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थिइन् । तर नतिजा उनको पक्षमा परेन । नेपाली कांग्रेसका सुनील शर्माले जित निकाल्दा थापा उनको नजिकको प्रतिस्पर्धी हुुन समेत सकिनन् ।
शर्मा ४८ हजार ६१३ मतका साथ विजयी हुँदा एमालेका भानुभक्त ढकालले २५ हजार ८९७ मत पाए भने थापाले १० हजार९९८ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय २६ मत प्राप्त गरे ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया