NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

राजेन्द्र महतो सर्लाही–२ बाट पराजित, राय विजयी

काठमाडौं । सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै रायले जित निकालेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाल समाजवादी पार्टी (नेसपा) का रायले नेकपा (माओवादी केन्द्र) को निर्वाचन चिह्न लिएर २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार पाँच सय १६ मत पाएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विजयी राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने लोसपाका महतो विसं २०७४ मा नेकपा (एमाले) को सहयोगमा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।

यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित भएका थिए ।

त्यसैगरी, सर्लाही–२ प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष