अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।
कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे ।
खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो ।
यस जितसँगै अस्ट्रेलियाले ३ अङ्क जोडेको छ । अस्ट्रेलियाले पहिलो खेलमा फ्रान्ससँग पराजित भएको हो । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै १ अङ्क जोडेको थियो ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया