अमेरिकी दूतावासले कितियाको फोटो हटाउने
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी फोटोग्राफर दाबी गर्ने कितिया पाव्लोभ्स्कीका तस्विर हटाउने बताएको छ ।
उनले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको हिउँ चितुवाको तस्विर दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेपछि भाइरल बनेको थियो ।
गत शनिबार फ्रान्सको चर्चित अल्पलाइन म्यागजिनले ती तस्विरहरू नक्कली भएको र फोटोसपको प्रयोगमा बनाइएको पुष्टि गरेसँगै दूतावासले ती तस्विर हटाउने भएको हो ।
आज एक स्टाटस जारी गर्दै दूतवासले यो जानकारी दिएको हो ।
हाल कितियाले कुनै जानकारीबिना नै आफ्ना आधिकारिक फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट हटाइसकेकी छिन् । उनो वेबसाइटमा भने उनले दूतावासको सहकार्यमा पनि काम गरेकोबारे उल्लेख गरिएको छ ।
यसबारे दूतावासले हालसम्म उनीसँग कुनै पनि सहकार्य नगरेको पनि स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया