अमेरिकी दूतावासले कितियाको फोटो हटाउने

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी फोटोग्राफर दाबी गर्ने कितिया पाव्लोभ्स्कीका तस्विर हटाउने बताएको छ ।
उनले नेपालको खुम्बु क्षेत्रमा पुगेर खिचेको हिउँ चितुवाको तस्विर दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेपछि भाइरल बनेको थियो ।
गत शनिबार फ्रान्सको चर्चित अल्पलाइन म्यागजिनले ती तस्विरहरू नक्कली भएको र फोटोसपको प्रयोगमा बनाइएको पुष्टि गरेसँगै दूतावासले ती तस्विर हटाउने भएको हो ।
आज एक स्टाटस जारी गर्दै दूतवासले यो जानकारी दिएको हो ।
हाल कितियाले कुनै जानकारीबिना नै आफ्ना आधिकारिक फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट हटाइसकेकी छिन् । उनो वेबसाइटमा भने उनले दूतावासको सहकार्यमा पनि काम गरेकोबारे उल्लेख गरिएको छ ।
यसबारे दूतावासले हालसम्म उनीसँग कुनै पनि सहकार्य नगरेको पनि स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया