उदयपुरमा मतगणना अझै अन्यौलमा
काठमाडौं । आइतबार विहानबाट रोकिएको मत गणना उदयपुरमा अझै सुरु हुन सकेको छैन । उदयपुरको क्षेत्र नं.१ को प्रतिनिधि सभाको मतगणनाको क्रममा १०० मतपत्र प्रदेशसभाको फेला परेपछि विवाद उत्पन्न भएको हो ।
प्रदेश सभा १ (१) र १ (२) को अन्तिम मत परिणाम सार्वजनिक भईसकेको भएपनि त्यस क्षेत्रको मत फेला पर्दा धाँधली भएको भन्दै मत गणना अन्यौलमा परेको हो । एमाले लगाएतका विभिन्न दलका १५ उम्मेदवार तथा उनिहरुका प्रतिधिहरुले पुन मतदानको माग राखेर हिजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् भने काँग्रेस लगायतका गठबन्धनका दलहरुले गणना सुचारु राख्नु पर्ने अडान राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
मतदान रोकिएको कारण तथा विवरण निर्वाचन आयोगमा पठाई सकेको र आयोगको जवाफ तथा निर्देशनको पर्खाइमा रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । आयोगको पत्र बमोजिम आफुहरु अगाडी बढ्ने तयारीमा रहेको पनि उनले बताए ।
उदयपुर १ मा गठबन्धनबाट कांग्रेसका डा। नारायण खड्का र एमालेबाट मन्जुकुमारी चौधरी बिच प्रतिस्पर्धा भई रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया