रोजगारीका लागि भारत जानेहरुको संख्या बढ्दै
काठमाडौं । सरकारको प्राथमिकतामा रोजगारीका विषय भए पनि सुदुरपश्चिमबाट रोजगारीका लागि भारत जानेहरुको संख्या बढेको छ । चुनाव सकिए सँगै मत हाल्न आएका नागरिकहरु भारत छिर्न थालि सकेका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तीनै सरकारले स्वदेशमा नै रोजगारीको विषयलाई प्राथमिकतामा राखेका छन् । तर स्वदेशमै काम नपाएपछि विदेश जानेहरूको सङ्ख्या अलिकति पनि कम हुन सकेको छैन ।
अझै, कामको खोजि गर्दै सुदुरपश्चिम प्रदेशबाट भारत जानेहरूको सङ्ख्या त सरकारको तथ्याङकमा समेत छैन । चुनावकै मुखमा भोट हाल्न छोडेर पनि युवाहरू काम खोज्दै भारत गएका थिए । अहिले चुनावी कार्यक्रम सकाएर काम खोज्दै भारत जानेहरू झन् बढिरहेका छन् । यतिबेला घरमा खेतीपातीको काम नहुने भएकाले पनि भारत जानेहरू धेरै देखिन्छन् ।
युवासँगै स – साना बालबालिका च्यापेर महिलाहरू पनि भारत गइरहेका छन् । भर्खरै जितेका उम्मेद्वारले स्वदेशमा नै रोजगारीलाइ मुख्य एजेण्डा बनाएका छन् । तर, वर्षौ अघिदेखिको स्वदेशमा नै रोजगारीको एजेण्डा कार्यान्वयन हुन सकिरहेको छैन ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया