NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

रोजगारीका लागि भारत जानेहरुको संख्या बढ्दै

काठमाडौं । सरकारको प्राथमिकतामा रोजगारीका विषय भए पनि सुदुरपश्चिमबाट रोजगारीका लागि भारत जानेहरुको संख्या बढेको छ । चुनाव सकिए सँगै मत हाल्न आएका नागरिकहरु भारत छिर्न थालि सकेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय तीनै सरकारले स्वदेशमा नै रोजगारीको विषयलाई प्राथमिकतामा राखेका छन् । तर स्वदेशमै काम नपाएपछि विदेश जानेहरूको सङ्ख्या अलिकति पनि कम हुन सकेको छैन ।

अझै, कामको खोजि गर्दै सुदुरपश्चिम प्रदेशबाट भारत जानेहरूको सङ्ख्या त सरकारको तथ्याङकमा समेत छैन । चुनावकै मुखमा भोट हाल्न छोडेर पनि युवाहरू काम खोज्दै भारत गएका थिए । अहिले चुनावी कार्यक्रम सकाएर काम खोज्दै भारत जानेहरू झन् बढिरहेका छन् । यतिबेला घरमा खेतीपातीको काम नहुने भएकाले पनि भारत जानेहरू धेरै देखिन्छन् ।

युवासँगै स – साना बालबालिका च्यापेर महिलाहरू पनि भारत गइरहेका छन् । भर्खरै जितेका उम्मेद्वारले स्वदेशमा नै रोजगारीलाइ मुख्य एजेण्डा बनाएका छन् । तर, वर्षौ अघिदेखिको स्वदेशमा नै रोजगारीको एजेण्डा कार्यान्वयन हुन सकिरहेको छैन ।