NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विष्णु पौडेल र खिमलाल भट्टराईसँगको तस्बिर फेसबुकमा शेयर गर्दै झाँक्रीले भनिन्– तस्बिरमा सन्देश छ

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँग एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच जम्काभेट भएको छ।

सोमबार काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको तस्बिर उनी आफैले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । विमानस्थलमा पूर्वसहकर्मीहरूसँगका भेटलाई उनले ‘तस्बिरमा सन्देश छ’ भन्दै लेखेकी छन् ।

गुल्मी–२ मा गठबन्धनबाट उम्मेदवार रहेकी उनी पूर्वसहकर्मी गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । गतवर्ष एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेकी थिइन ।

उनको स्टाटसलाई लिएर उनी पुनः एमाले फर्किन लागेको हो कि भन्ने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा उनी समानुपातिक सांसद रहेकी थिइन् । पार्टी विभाजनमा मुख्य भूमिका खेलेकी उनी मन्त्रीबाट हट्नु परेपछि पार्टीका शीर्ष नेताहरूसँग असन्तुष्ट रहँदै आएकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष