विष्णु पौडेल र खिमलाल भट्टराईसँगको तस्बिर फेसबुकमा शेयर गर्दै झाँक्रीले भनिन्– तस्बिरमा सन्देश छ
काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँग एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच जम्काभेट भएको छ।
सोमबार काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको तस्बिर उनी आफैले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । विमानस्थलमा पूर्वसहकर्मीहरूसँगका भेटलाई उनले ‘तस्बिरमा सन्देश छ’ भन्दै लेखेकी छन् ।
गुल्मी–२ मा गठबन्धनबाट उम्मेदवार रहेकी उनी पूर्वसहकर्मी गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । गतवर्ष एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेकी थिइन ।
उनको स्टाटसलाई लिएर उनी पुनः एमाले फर्किन लागेको हो कि भन्ने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा उनी समानुपातिक सांसद रहेकी थिइन् । पार्टी विभाजनमा मुख्य भूमिका खेलेकी उनी मन्त्रीबाट हट्नु परेपछि पार्टीका शीर्ष नेताहरूसँग असन्तुष्ट रहँदै आएकी थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया