वाम गठबन्धन गरेर सरकार बन्ने सम्भावना छैन : माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धन गरेर सरकार बनाउने सम्भावना नभएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सत्ता गठबन्धनबाट नै सरकार बन्ने जिकिर गरे ।
‘अहिलेकै गठबन्धन दलहरूबीचबाट सरकार बन्नेछ’, उनले भने, ‘वाम गठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ ।’
अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको उनले बताए। अन्तिम मतपरिणाम नआइसकेकाले अहिल्यै नै सरकार बनाउनेमा निष्कर्षमा पुग्नु हतार हुने उनको भनाइ थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया