NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कपिलवस्तुमा समानुपातिकतर्फ एमाले पहिलो

कपिलवस्तु । कपिलवस्तुमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । योसँगै समानुपातिकतर्फ एमाले पहिलो पार्टी भएको हो ।

प्रतिनिधिसभातर्फ एमालेले ७२ हजार आठ सय १६ मत पाएको छ भने नेपाली कांग्रेसले ६१ हजार दुई सय १६ मत पाएर दोस्रो हुँदा १६ हजार दुई सय ५९ मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लामा १५ हजार चार सय १८ मत पाएर चौथो स्थानमा छ । जनमत पार्टीले १५ हजार दुई सय पाँच, नागरिक उन्मुक्ति पार्टीले नौ हजार तीन सय पाँच, जनता प्रगतिशील पार्टी नेपालले आठ हजार आठ सय ६२ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले आठ हजार आठ सय ४१ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) ले आठ हजार छ सय ७४ मत पाएको छ । नेकपा ९एकीकृत समाजवादी०ले आठ हजार चार सय ४७ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले छ हजार चार सय ४७ मत पाएको छ । बहुजन शक्ति पार्टीले दुई हजार सात सय ४१, राष्ट्रिय जनमोर्चाले एक हजार तीन सय १८, हाम्रो नेपाली पार्टीले एक हजार एक सय १४ मत पाएको छ । अरु साना दलहरूले पाएको मत एक हजारभन्दा कम छ ।

विसं २०७४ यता जन्मिएका जनमत, नागरिक उन्मुक्ति, जप्रपा, एकीकृत समाजवादीले जिल्लामा राम्रो मत पाएका छन् भने राप्रपाले पनि आफ्नो दबदबा बढाएको छ ।

जिल्लाका ६ प्रदेशसभातर्फ पनि एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७५ हजार दुई सय ५२, कांग्रेसले ५८ हजार सात सय ३८, जनमत पार्टीले १७ हजार दुई सय १६, राप्रपाले १६ हजार एक सय ९८, माओवादीले १० हजार नौ सय ३८, नागरिक उन्मुक्ति पार्टीले १० हजार छ सय ६५, जसपाले १० हजार तीन सय २४, एकीकृत समाजवादीले नौ हजार एक सय ३६ मत पाएको छ ।

जनता प्रगतिशील पार्टीले आठ हजार पाँच सय ६७, लोसपाले पाँच हजार तीन सय ६८, बहुजन शक्ति पार्टीले तीन हजार एक सय ५०, हाम्रो नेपाली पार्टीले दुई हजार सात सय ६४, राष्ट्रिय जनमोर्चाले दुई हजार दुई सय ८८ मत पाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष