यसरी मनाइयाे माडीमा विवाह पञ्चमी
चितवन । माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो ।
पूजा व्यवस्थापन समितिका संयोजक मथुराबहादुर भण्डारीका अनुसार बिहानदेखि नै मन्दिरमा बाजागाजा, भजनमण्डली र झाँकीसहित विशेष सांस्कृतिक कार्यक्रमका साथ सोमबार विवाह पञ्चमी मनाइएको हो ।
विवाह पञ्चमीमा माडीका विभिन्न स्थानबाट झाँकी मन्दिरमा आएको थियो । विवाह पञ्चमी समारोहमा प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले राममन्दिरलाई जोडेर माडीको विकासमा आफू लाग्ने बताए । उनले भने, ‘माडीको विकासका लागि राममन्दिर महत्वपूर्ण स्थल बन्ने र यो क्षेत्रलाई धार्मिक पर्यटनसँग जोडेर काम गरिनेछ ।’
प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महत्तोलगायतले यो राममन्दिर देशको ऐतिहासिकस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए।
मन्दिर निर्माणका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसारको काम गर्नका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको संयोजक भण्डारीले जानकारी दिए । यहाँको जमिनमा रामधान बनाउने योजना छ ।
अहिले सो स्थलमा मुख्य मन्दिर निर्माणका साथै दुईवटा सत्तल र एउटा आवास घर निर्माण गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया