कति जनाले पाउँदैछन् कोरोना बीमाको दाबी भुक्तानी ?
काठमाडाैं । लामो समयदेखि रोकिएको कोरोना बीमाको दाबी भुक्तानी आजदेखि दिन थालेको छ । निर्जीवन बीमा कम्पनीहरुले आजदेखि भुक्तानी दिन थालेको हो ।
नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरुले इन्स्योरेन्सले कोरोना बिमा दाबी गर्नेमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्न लागेको छ ।
कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले गत असोज तेस्रो साता नेपाल बीमा प्राधिकरणलाई १ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकमा थप ८१ करोड रुपैयाँ थपेर भुक्तानी हुन लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पहिलो चरणमा एक अर्ब ८१ करोड रूपैयाँ वितरण हुँदै छ भने बाँकी बाँकी दाबी भुक्तानीका लागि मन्त्रालय सँग पुन: पहल गरिने प्राधिकरणले जनाएको छ ।
१८ हजार ६० जना बीमितले पाउने
नेपाल बीमक संघका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी भएकोमा अहिले १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने भएको छ ।
संघको तथ्यांकअनुसार उपलब्ध गराएको तथ्यांकअनुसार अजोड इन्स्योरेन्सले एक हजार तीन सय ५५ वटा पोलिसीको दाबी रकम भुक्तानी गर्नेछ ।
एभरेष्ट इन्स्योरेन्सले ४ सय ७४, जनरल इन्स्योरेन्सले ८ ०९, हिमालयन जनरलले एक हजार २५९, आइजिआईले ७०७, लुम्बिनीले ५२४, नेशनल इन्स्योरेन्सले १४०, नेको इन्स्योरेन्सले एक हजार ६६५ दाबी भुक्तानी गर्दैछ ।
यस्तो छ अन्य कम्पनीहरूको दाबी भुक्तानी विवरण :

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया