लक्ष्मी क्यापिटल मार्केट र सनफार्मरबीच सम्झौता
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच सम्झौता भएको छ । सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु-याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटलले सनफार्मरमा लगानी गर्न लागेको हो । संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ ।
यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया